Loading...
२ असोज, नारायणगढ । चितवनको टिकौली जंगलमा आइतबार दिउँसो ट्रिपर र एम्बुलेन्स ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा एम्बुलेन्समा सवार विरामीका आफन्त रत्ननगर-१ का माधव चौधरीको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्व गइरहेको ना ६ ख ४५७३ नम्बरको ट्रिपरले सोही दिशामा गइरहेको ग २ च १२७१ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो । सोही स्थानमा बा ११ च ८०४७ नम्बरको कुखुराको चल्ला बोक्ने भ्यान पनि ठोक्किएको थियो ।
दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।
Loading...

Post a Comment