पढ्नलाई उमेरले छेक्दैन् ,६९ बर्षका नेपाली विद्यार्थी दुर्गा कामी ( तस्विर र भिडियो सहित)


Loading...


असोज १०, काठमाडौं । शिक्षा हासिल गर्नलाई उमेरले छेक्दैन । ६९ बर्षका दुर्गा कामीलाई अहिले पनि हाइस्कुलको पढाई सकाउने धोको छ । उनी हाइस्कुलको पढाइ सकाउन हरेक दिन तीन घण्टा हिड्छन् । यी सम्भवत विश्वकै सबैभन्दा धेरै उमेरका हाइस्कुल विद्यार्थी हुन् । उनका सहपाठीहरु उनका नातीनातिना भन्दा पनि कम उमेरका छन् ।
उनका सहपाठी १४ बर्षका सागर थापा भन्छन् सुरुमा त यी बुढा किन स्कुल आएका होलान् जस्तो लाग्थ्यो, तर अहिले उनीसँग पढ्न पाउँदा रमाइलो लाग्छ । सागर अगाडि भन्छन् उनी पढाइमा हामीभन्दा अलिकति कमजोर छन् तरपनि हामीले उनलाई सहयोग गर्दै आएका छौं ।
६९ बर्षका दुर्गा कामी स्याङजाको श्री काला भैरव उच्च माध्यामिक विद्यालयमा अध्ययनरत छन् । जवान हुँदापढ्न नपाएको शौख पूरा गर्न उनी हरेक दिन तीन घण्टा हिंडेर स्कुल जाने गर्छन् । भविश्यमा उनको लक्ष्य विद्यालयमा शिक्षक हुने रहेको छ । 
रोयटर्सका लागि नभेश चित्रकारले खिचेका र हफिंटन पोष्टबाट साभार गरिएका केही तस्विरहरु ।खसोखासबाट 








कृपया भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोला

Loading...





Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2