सबैको भावना समेट्ने गरी संविधान कार्यान्वयन गर्नुपर्छ : नेता सिंह


Loading...

असोज १०, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै नेपाली जनताको भावना समेट्ने गरी संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

एभरेष्ट बैंकको सहयोगमा आज रत्नराज्य लक्ष्मी उच्च माध्यमिक विद्यालयलाई ‘शुद्ध पिउने पानी हस्तान्तरण समारोह’मा नेता सिंहले मधेसको समस्यालाई राजनीतिक सहमति जुटाएर टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “सत्र महिनामा सबै निर्वाचान गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक छ ।” 

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले सबैलाई समेटेर निर्वाचन गराउनेबारे सरकार गम्भीर बन्नु जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक सहमति भएमा छोटो समयमा समेत निर्वाचन गर्न सकिने बताउँदै यसका लागि दलहरुबीच एकताको खाँचो रहेको बताउनुभयो । 

बैंकका अध्यक्ष विके श्रेष्ठले विद्यार्थीलाई शुद्ध पानी उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले यस्ता सामाजिक कामलाई बैंकले निरन्तर लागिरहने उल्लेख गर्नुभयो । 

रु १० लाख लागतमा सम्पन्न भएको उक्त आयोजनाबाट विद्यालयका करिब दुई हजार विद्यार्थीले शुद्ध खानेपानी प्रयोग गर्न पाउनेछन् । 

कृपया भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोला 

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2