जापनबाट गोदार उपकारको “हरपल खुशी” , भिडियो हेर्नुहोस्


Loading...

बसन्त पौडेल
असोज ३, पोखरा । गोदार उपकार थापाको नयाँ गीत “हरपल खुशी” ... सार्वजनिक भएको छ । स्याङजा फेदीखोलाका गायक थापाको दोस्रो प्रस्तुतिमा यो गीत बजारमा आएको हो । गोदारको शब्द, स्वर रहेको गीतमा दिपक लामाले संगीत भरेका छन् । 

हाल जापन रहेका गोदारले गीतलाई जापनमै रेर्कड गरेका थिए भने पल्स रेर्कडिङ स्टुडियो पोखरामा दिपक लामाद्धारा मिक्सिङ  गरिएको हो ।

गीतको म्युजिक भिडियो भने कोरीयामा छायांकन भएको छ । पेन्जे येयोङको निर्देशनमा तयार पारिएको भिडियोमा विरेन र शैलीनिले अभिनय गरेका छन् ।

यसअघि मेरी सपनिकी रानी गीत बजारमा ल्याईसकेका गोदारले विदेशी भुमिमा रहेर पनि  नेपाली गीत संगीतलाई माया गर्दै अगाडी बढ्न पाउँदा खुशी लाग्ने र गर्व महशुस हुने बताउछन् ।
भिडियो: 


Loading...
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2