Loading...
असोज ३,काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको कैद माफी गरेको छ । उनीहरु आज कैदबाट छुट्ने छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचारलगायत गम्भीर प्रकृतिको अपराधबाहेकका कार्यविधिले तोकेअनुसारको कैद सजायँ काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको हो ।
यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको थियो । सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गर्दै आएको छ ।
Loading...
Loading...


Post a Comment