Loading...
काठमाडौं, २१ भदौ
दिनहुँजसो काठमाडौं उपत्यकाका सडकहरूमा अत्याधिक ट्राफिक जाम हुन थालेको छ । बिहान ९ देखि बेलुका ७ बजेसम्म काठमाडांैका सबै सडक निकै व्यस्त हुने गरेका छन् । १५ मिनेटमा पुग्ने ठाउँमा ट्राफिक जामकै कारण डेढ घन्टासम्म लाग्ने गरेको छ ।

सवारीसाधनको संख्या बढे पनि राजधानीको सडकको क्षेत्रफल बढेको छैन । काठमाडौंमा सडकभन्दा बढी गाडीको संख्या छ । सवारीसाधन व्यवस्थापन गर्न सरकारले दीर्घकालीन नीति र योजना अगाडि नसार्दा राजधानी दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको हो ।
राजधानीका सडक विस्तारको काम अझै सकिएको छैन । निर्माण कार्य सकिएका सडकमा वर्षामा हिलो जताततै जमेको पानी सडक हिलाम्य र धुलाम्य भएका छन् । सर्वसाधारण आवतजावत गर्न पनि काठमाडांैमा मुस्किल छ ।
कार्यालय समयमा त राजधानीका सडक बन्द हडतालजस्तै जाम हुन्छ । ट्राफिक प्रहरीलेले खासगरी प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूको सवारीलाई छिटो गन्तव्यमा पुर्याउन गरिने एकतर्फी सार्वजनिक तथा निजी सवारीसाधन रोकिदिँदा त्यसको मारमा सर्वसाधारण परेका छन् ।
राजधानीका सडकमा साझा यातायातबाहेक अन्य सबै सार्वजनिक सवारीसाधन साना र मझौला छन् । सार्वजनिक यातायातका साधन साना हुँदा पनि राजधानीमा जामको चाप बढ्दै गएको ट्रापिक प्रहरीहरू बताउँछन् । जानकारहरूका अनुसार माइक्रोबस टेम्पु तथा मिनीबसले यस्ता ट्राफिक जामलाई झनै बढाइरहेका छन् ।
साँघुरो सडकमा राष्ट्रपति प्रधानमन्त्रीको सवारी हुँदा दिनभर नै राजधानीको सवारी आवतजावत अस्तव्यस्त बन्ने गरेको छ । केपी ओली प्रधानमन्त्री भएका बेला काठमाडौंमा मेट्रो रेलको अवधारणा अघि सारिएको थियो, त्यसको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
यी हुन् सधैं ट्राफिक जाम हुने क्षेत्र
पुरानो बसपार्क, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर र भक्तपुरसम्म जान आउने स्थानमा जाम हुने गरेको छ । त्यसैगरी, कलंकी, कालीमाटी, टेकु, बल्खु, त्रिपुरेश्वर, शहिदगेट, जमल, लैनचौर, नारायणगोपाल चोक, चाबहिल, गौशाला तथा एयरपोर्टमा पनि अत्यधिक ट्राफिक जाम हुने गरेको छ । माइतीघर, थापाथली, कुपोन्डोल, पुल्चोक जावलाखेल, लगनखेल, सातदोबाटोमा सधैंजसो दिनभर ट्राफिक जाम हुन्छ ।

राजधानीमा १५ सय किलोमिटर सडक, तर सधैं ट्राफिक जाम
राजधानी काठमाडौंमा सडक मार्ग झन्डै १५ सय किलोमिटर रहेको छ । भएका सडक पनि जिर्ण अवस्थामा छन् । साँघुरो सडकमा दुवैतर्फबाट सवारीसाधन आवतजावत गर्दा जाम हुने गरेको छ । त्यसमाथि पनि ठूला सवारीसाधन सञ्चालन हुँदा घन्टौं जाम हुने गर्छ । ‘पिक आवरमा जनशक्ति खटाएर भए पनि म्यानेज गरिएको छौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मिलन बस्नेत भन्छन्, ‘सकेसम्म सर्वसाधारण छिटो गन्तव्यमा पुगून् भन्ने हाम्रो चाहना हो, त्यहीअनुसार ट्राफिक व्यवस्थापन भएको छ ।’ उनले लेन अनुशासन कायम गरेपछि सुधार भएको दाबी गरे ।

भिआइपीको सुरक्षाका लागि सडक खाली गर्नुपर्ने माथिको आदेश नभए पनि ट्राफिक प्रहरीका हाकिमहरू आफै जान्ने हुँदा अहिले पनि भिआइपीहरूका लागि सडक खाली गराउँदा सर्वसाधारणले हैरानी खेप्नुपर्ने अवस्था कायमै छ । ‘एकातिरको जाम खुलाउँदा अर्कोतिरको अस्तव्यस्त हुने गरेको छ सवारी सञ्चालनको क्रममा जाम हुँदा दोषजति ट्राफिक प्रहरीले खानुपर्छ । ठूलाबडाको सुरक्षाका लागि सडक खाली गर्दा पनि त्यसको दोष हामीमाथि नै जाने गरेको छ,’ सडकका खटिएका एक ट्राफिक प्रहरीले भने ।
उनका अनुसार सडक अनुशासन त पटक्कै कायम छैन । ‘सवारीसाधनको चाप छ, ट्राफिक लाइट छैन, अन्य क्षेत्रको पनि सहयोग आवश्यक हुन्छ, त्यसका ट्राफिकको पछाडि अन्य सरोकारवाला निकाय पनि त्यतिकै प्रभावकारी हुनपर्छ,’ एसएसपी बस्नेतले भने । उनका अनुसार गृहमन्त्री वा अन्य मन्त्री आए भन्दैमा ट्राफिकले बाटो खुलाएर पठाउने गरेको छैन ।
‘पहिला पहिला भीभीआइपी भन्दै बाटो खुलाउने चलन थियो, अहिले त्यो रोकिएको छ, अर्जेन्ट भयो भने मात्र खोल्ने गरेको छ, केहीबेर पास दिइराख्ने, तर त्यसलाई नै प्राथमिकतामा राख्ने गरिएको छैन,’ एसएसपी बस्नेतले भने ।
काठमाडौंमा ४० लाख जनसंख्या, सवा आठ लाख गाडी
एक तथ्यांकअनुसार राजधानी काठमाडौंमा हाल करिब ४० लाख मानिस बसोबास गर्छन । तत्काल घर बनाउन नसक्ने र वर्षाको कारणले गर्दा पनि राजधानी प्रवेश गर्नेहरूको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
एक तथ्यांकअनुसार राजधानी काठमाडौंमा हाल करिब ४० लाख मानिस बसोबास गर्छन । तत्काल घर बनाउन नसक्ने र वर्षाको कारणले गर्दा पनि राजधानी प्रवेश गर्नेहरूको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
हाल राजधानीमा मात्र ८ लाख १८ हजार ४ सय सवारीसाधन छन् । उपत्यकामा ५२ हजार सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् । ती सवारीसाधनको चाप बिहान ९ देखि बेलुका ७ बजेसम्म नै रहन्छ । कुनै स्थानमा एकापट्टि ७ मिनेटसम्म गाडीलाई पास गरिरहने अन्य स्थानलाई ध्यान नै नदिँदा पनि यसका मार सर्वसाधारणले भोग्नुपरेको छ ।
Loading...

Post a Comment