आमाले भन्दा बुवाले स्याहार गरेको बच्चा बहादुर हुन्छन्

लड्दा, चोटपटक लाग्दा वा कुनै पीडा हुँदा हामी आमा भनेर चिच्याउँछौ, आमाको सम्झना गर्छौ । यो आमाको स्नेह र ममताले गर्दा हो । सानैदेखि आमाको ममता र छत्रछायाँले ढपक्कै ढाकिएर  हामी हुर्किन्छौँ ।
आमाको ममताले हामीलाई यसरी ढाकिदिन्छ की हामी भावनात्मक र रुन्चे बन्छौ । विभिन्न अध्ययनले यस्तै देखाएको छ कि आमाको माया र ममताले नरम हुन सिकाउँछ, दरिलो उभ्याउन भने होइन ।
बच्चाका लागि आमा र बाबुको बराबर स्याहार र ममता चाहिन्छ । दुई जनाको सन्तुलित स्याहारले मात्रै बच्चा बलियो, आत्मनिर्भर, निडर र समाजसँग घुलमिल गर्न सक्ने हुन्छ । बच्चाको वृत्ति विकासका लागि आमा र बाबुको अभिभावकत्व बराबर हुनुपर्छ । दिउँसोको समयमा कामका लागि घरबाट बाहिरिए पनि बिहान बेलुका वा बिदाको दिन बुवाले बच्चाका लागि समय निकाल्नुपर्छ । यसो गर्दा बच्चालाई सामाजिक र मनोवैज्ञानिक असर पर्दैन । आमा कामकाजी छिन् भने बच्चाको अझ धेरै ख्याल गर्नुपर्छ  । दुवै जनाले आलोपालो गरेर बच्चालाई समय दिनु पर्छ ।

बाबुले बच्चालाई समय नदिए उनीहरु बिस्तारै बुवाबाट टाढा टाढा हुन्छन् । उनीहरुले आफ्नो समस्या खुलेर राख्न सक्दैनन । यस्तै, सामाजिकसँगै शिक्षामा पनि बुवाको अनुपस्थितिले असर गर्दछ ।
अपवादका रुपमा कहिलेकाहीँ कस्तो पनि देखिन्छ भने सँधै आमासँग बसेको बच्चा बाबुसँग नजिक हुन खोज्छ । यस्तो बेला ख्याल नगर्ने हो भने उ नितान्त एक्लो हुन्छ, आफैसँग निराश हुन्छ ।
कामकाजी बाबुले आमा छँदैछ नि भनेर ख्याल नगर्नु भनेको उसँग बच्चा स्याहार गर्ने सीप र ज्ञान छैन भन्ने नै हो, अरु होइन । काम त सबैको हुन्छ तर यति हुँदाहुँदै पनि बच्चाका लागि बुवाले समय निकाल्न सक्नुपर्छ ।
विभिन्न अध्ययनले के भन्छ भने आमासँग मात्रै सँधै बसेका बालबालिका भावनात्मक हुन्छन् । उनीहरु खुलेर बोल्न सक्दैनन् । उनीहरु ममतामा नै भिजेका हुन्छन् ।
बाबुसँग बसेका बालबालिका आत्मनिर्भर बन्न खोज्ने, निडर र हठी स्वभावका हुन्छन् । उनीहरुलाई समाजमा कसरी प्रस्तुत हुने र अरुलाई कसरी ट्रिट गर्ने भन्ने कुरा थाहा हुन्छ । यसको मतलब यो होइन की आमाको स्याहारमा कमजोरी भयो ।
बालबालिका भावनात्मक पनि हुनु जरुरी छ, सँगै बहादुर र आत्मनिर्भर पनि । त्यसैले बालबालिकाको राम्रो वृत्ति विकासका लागि आमा र बाबु दुवैको समान र सन्तुलित स्याहार र ममताको जरुरत हुन्छ ।
                                                                               (मनोविद करुणा कुँवरसँग गरेको कुराकानीमा आधारित)

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2