Loading...
चितवन, असोज ९ – पूर्व मन्त्री तथा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेसहित चार जना गाडी दुर्घटनामा परेर त्रिशुली नदीमा वेपत्ता भएका छन् । घिमिरेकी आमा र अंग रक्षकसहित ३ जनाको ज्यान गएको छ ।
मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५ ३१ नम्बरको गाडी चितवको मुग्लिन र कुरिनटारमा आइतबार पौने पँच
बजे दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, आफन्त नारायण प्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्की रहेका प्रहरीले जनाएको छ ।
पूर्व गृहमन्त्री माघव घिमिरेसहित उहाँका भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरे तथा शसस्त्र प्रहरीका एक जना हराई रहेका प्रहरीले जनाएको छ । गाडी चालक विष्णु राईलाई उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । चालक विष्णुलाई पालो दिन भन्दै तनहुँको दमौलीबाट गाडी माधव घिमिरे आफैंले हाक्नु भएको थियो ।
२०१७ सालमा पाल्पामा जन्मिएका घिमिरे खिलराज रेग्मी अध्यक्ष रहेको अन्तरिम चुनावी सरकारमा गृहमन्त्री तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । आइतबार राति परेकाले सोमबार मात्र उद्धार कार्य हुने प्रहरीले जनाएको छ ।
Loading...

Post a Comment