Loading...
एजेन्सी / उनी भन्छिन्, ‘उड्नको लागि पंखाको आवश्यकता होइन, हौसलाको आवश्यकता चाहिन्छ र उडान भर्न यही हौसलाले मद्दत गर्छ। ‘ जन्मिँदै दुवै हात नभएकी ‘जेसिका कोक्स’ यसको उदाहरीण महिला हुन् जसले हात होइन खुट्टैले मानिसको दैनिक जीवनमा आइपर्ने कामहरु सजिलै गर्न सक्छन्। त्यतिमात्रै नभएर उनले आकाशमा समेत उड्न सक्षम छिन्। उनलाई यी सबै काम गर्न केही गर्न आट र साहासले नै सम्भव बनाइदिएको हो।
साइकोलोजीमा ग्र्याजुएट गरेकी जेसिकाले सामान्य व्यक्तिले गर्न नसक्ने काम पनि सजिलै गर्न सक्छिन्। उनी सजिलै लेख्न सक्छिन्, कार चलाउन सक्छिन्। टाइप गर्न सक्छिन्, फोनमा कुरा गर्न सक्छिन्। अमेरिकाको अरिजोनामा सन् १९८३मा जेसिका जिन्मिएकी हुन्। उनी कोक्स डान्सर हुन भने तेक्वान्दोमा ब्ल्याक बेल्ट गरेकी छन्। उनी कम्प्युटरमा २५ शब्द प्रतिमिनेट टाइप गर्न सक्छिन्।
उनीसँग नो रेस्ट्रिक्सन लाइसेन्स पनि छ। यसका साथै उनी नै हात नभएको पहिलो महिला पाइलट हुन्। जसले अत्यन्तै सजिलो तरिकाबाट विमान उडाउँछिन्। जेसिकाले उडाउने विमानको नाम हो एरकूप। तर खास कुरा के छ भने विमान उडान सामान्य मानिसलाई ६ महिना लाग्छ भने जेसिकाले तीन वर्षको तालिम लिएर विमान उडाउन सफल भएकी हुन्।

जसबाट उनले ८९ घण्टा विमान उडाउन सक्ने अनुभव समेत लिएकी छिन्। त्यही भएर उनीमाथि डकुमेन्ट्री नै बनाइएको छ जसको नाम राइट फुटेड राखिएको छ। जसलाई एमी अवर्ड विनरले निर्देशन गरेका छन्।
Loading...
Loading...

Post a Comment