Loading...
असोज १, पोखरा । बहुचर्चित एवंम लोकप्रिय गायिका मुना थापा मगरले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । दोहोरी प्रतिष्ठानले यहि असोज ८,९ र १० गते काठमाडौमा आयोजना गरेको छैठौँ महाधिवेशनमा आफुले उम्मेद्वारी दिने भन्दै मुनाले फेसबुक पेजमा पोस्ट गरेकी हुन् ।
उनले लोकदोहोरी क्षेत्रको बिकास गर्दै लोकसंगीतमा भएका बिसंगती तथा बिकृतीहरु बिरुद्ध संगठनात्मक पहलको लागी आफुलाई भोट गरी बिजयी गराउन प्रतिष्ठानको जिल्ला, अञ्चल, क्षेत्रीय, उपत्यका र अन्र्तराष्ट्रिय कार्य समितिका सदस्यहरुसँग अनुरोध गरेकी छिन् ।
गोरखा मनकामनाकी गायिका मुनाले तनहुँको आबुखैरेनमिा भएको एउटा स्टेज कार्यक्रम मार्फत गायन सुरु गरेकी थिइन् । थुप्रै गीतहरुमा आफ्नो सुमधुर स्वर दिइसकेकी गायिका मुनाको छोरी, छोरी भाग २, तिमी राम्रो हाँसोले ,चरी बस्यो बरको डालीमा ,पिरतीमा फेल लगायत एल्बमहरु चर्चित छन् । दर्शक श्रोताको अत्याधिक रोजाईमा पर्ने गायिका मुनाले विभिन्न अवार्डहरु समेत हात पारिसकेकी छिन् । गायिका मुनालाई सफलता मिलोस न्यूजनेपाल २४ को तर्फबाट अग्रिम शुभकामना ।
यो पनि पढ्नुस:मुनाको दिपकलाई आग्रह मेरो याद बिर्स अब उनलाई माया गर .... भिडियो सहित
Loading...
Loading...


Post a Comment