असोज १४ गतेदेखि १८ सम्म तेस्रो पेप्सी मःमः मेला हुने


Loading...


असोज  ४ ,पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा यही असोज १४ गतेदेखि १८ गतेसम्म तेस्रो पेप्सी मःमः मेला तथा अल्ट्रा म्युजिक फेस्टिवल हुने भएको छ ।‘आर इभेन्ट्रस ट्रेनर नेपाल’को आयोजनामा हुने सो महोत्सवमा २० वटा प्रकारका मःमः बनाएर बिक्री गरिने संस्थाका कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिनुभयो । 

मिक्स मःमः १० थरिका प्रतिप्लेट रु १३५ मा खान पाइने छ । त्यस्तै अष्ट्रिच, गुदपाक, ओपन, ग्रिम, ससेज, कोथे, च्याड्ग्रा, चिकेन र मटन मःमः बालबालिकाको लागि रु २९९ र अन्यको लागि रु ४९९ मा उपलब्ध हुने बताइएको छ । दर्शकले रु ७० को टिकट काटेपछि एक बोतल पेप्सी सित्तैमा पाउने छन् । दिउँसो कलाकारबाट लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य र साँझ अल्ट्रा म्युजिक कार्यक्रम गरिने संयोजक गुरुङले बताउनुभयो । 

भिडियो हेर्न तल क्लिक गर्नुहोस् 

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2