असोज ४, काठमाडौं ।नेपाल राष्ट्र बैंकले आगामी असोज १६ गतेवाट सर्वसाधारणका लागि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । बैंकका अनुसार ‘क’ ‘ख’ र ‘ग’ बर्गका बैंक तथा बित्तीय संस्थावाट सर्वसाधारणले असोज १६ गतेवाट खुद्रा नोट प्राप्त गर्न सक्ने छन् । राष्ट्र बैंकले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागवाट प्रतिव्यक्ति ३७ हजार रुपैयाँका नयाँ नोट सहटी गर्न सक्ने व्यवस्था मिलाएको छ ।
यसका लागि बैंक तथा बित्तीय संस्थाले भने असोज ९ गतेवाटै राष्ट्र बैंकवाट खुद्रा नोट प्राप्त गर्न सक्ने जनाइएको छ ।असोज ९ गतेवाट १४ गतेसम्म राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थालाई नयाँ नोट उपलव्ध गराउने जनाएको छ ।
यस्तै, सरकारका कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र र सरकारलाई सम्वन्धित निकायको पत्रका आधारमा नयाँ नोट उपलव्ध गराउने पनि राष्ट्र बैंकले व्यवस्था गरेको छ ।राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरु र बैंकका मातहत संचालित नोटकोष रहेका वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज रुपमा नयाँ नोट उपलव्ध गराउन राष्ट्र बैंकले सूचना जारी गरि निर्देशन समेत दिएको छ ।
राष्ट्र बैंकका अनुसार यसबर्ष पनि गत बर्षहरुमा झै ५ रुपैयाँदेखि एक सय रुपैयाँ सम्मका नयाँ नोट सटही गर्न सक्ने व्यवस्था छ । प्रत्येक नोटका दुई बीटाका दरले एक जनालाई उपलव्ध हुने जनाइएको छ । गत बर्ष भने बैंकले प्रति व्यक्ति २२ हजार मात्र उपलव्ध गराएको थियो ।
तर, यसपटक विगतमै छापेका नयाँ नोट पर्याप्त छन् । एक सय रुपैयाँको मात्र यो बर्ष छपाइ गरेको हो । त्यो नोटमा गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर छ भने अन्य नोटमा विगतकै गभर्नरको हस्ताक्षर रहेको छ ।
Loading...
Loading...

Post a Comment