तनहुँमा करेन्ट लागेर मजदुरको मृत्यु


Loading...
Middle post
Loading...

भदौ २६, तनहुँ । ग्रिल उद्योगमा काम गर्ने क्रममा तनहुँमा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।शुक्लागण्डकी नगरपालिका वडा नं ३ स्थित दाजुभाइ ग्रिल उद्योगमा काम गर्ने सोही ठाउँका ६५ वर्षीय कलिलुम मियाँको गएराति मृत्यु भएको हो । काम गर्ने सिलसिलामा शनिबार साँझ करेन्ट लागेर अचेत अवस्थामा रहेका मियाँको दुलेगौडास्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । उक्त उद्योगमा काम गर्ने अरु कामदार नभएको समयमा करेन्ट लागेका कारण पनि समयमा उपचार पाउन नसकेको प्रहरीले जनाएको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2