सर्जक सन्तोष के.सी.को "जुन मुटुमा राखे तिमीलाइ" सार्वजनिक (भिडियो सहित)


न्यूजनेपाल २४ 
भदौ २४,पोखरा । चर्चित सर्जक सन्तोष के.सी.को एल्बम समुन्द्रमा समावेश गीत "जुन मुटुमा राखे तिमीलाई"... सार्वजनिक भएको छ । गीतमा दिपीका भट्टको शब्द , सर्जक सन्तोष के.सी.को संगीत र चर्चित गायक प्रमोद खरेलको स्वर छ । गीतलाई एसएस डिजिटलले बजारमा ल्याएको हो ।


कुमार के.सी.द्धारा निर्देशीत गीतको भिडियोमा सम्पदा, लक्की र हेमराजको अभिनय रहेको छ । अजय रेग्मीले खिचेका भिडियोका दृश्यहरुलाई अनुप शिवाकोटीले सम्पादन गरेका हुन् । निकै नै उत्कृष्ट बनेको यस गीतलाई न्यूजनेपाल २४   को तर्फबाट सफलताको शुभकामना ।

Above article
Loading...
Middle post
Loading...