Loading...
लमजुङको एक गाउँलाई मितेर गाउँ बनाएर चलचित्र ‘लालपुर्जा’को निर्माण हुने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको घोषणा गरियो । असोज ९ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ ।
कार्यक्रममा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र कामेश्वर चौरासियालाई मित लगाइएको थियो । एक अर्काले टाउको ठोकेर र माला लगाएर मित भएको घोषणा गरेका थिए ।
माधव वाग्ले र टेकेन खड्काले निर्माण गर्न लागेको यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘छड्के’ निर्देशन गरेका थिए ।
चलचित्रमा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, कुमार नगरकोटी, कमलमणी नेपाल, अनिल पाण्डे, हरिहर शर्माको मुख्य भूमिका छ । ‘लालपुर्जा’बाट नै नव-नायिका मिरुना मगर चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । उनले आफ्नो वेष्ट दिने बताइन् ।
कुमार नगरकोटी अतिथी लेखक रहेको चलचित्रमा विक्रम सिंह र निगम श्रेष्ठको कथा, सुजित बिडारीको पटकथा, नरेन्द्र मैनालीको छायांकन रहनेछ । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक निगम श्रेष्ठले मितेरी गाउँका दुई मित र उनीहरुको लालपूर्जाको बिषयमा हुने लडाइ नै चलचित्रको मुख्य कथा भएको बताए ।
निर्माता माधव वाग्लेले आफूले सधै नै राम्रो कथा पाएको खण्डमा चलचित्र निर्माण गर्ने भन्दै ‘लालपुर्जा’ पनि उत्कृष्ट कथा भएकाले लगानी गर्न लागेको बताए ।चलचित्र नयाँ बर्षको सेरोफेरोमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।अनलाईन खबरबाट
कृपया भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोला
Loading...
Loading...


Post a Comment