बाल्यकालको याद दिलाउने "सफरको" नयाँ ट्रेलर सार्वजनिक


न्यूजनेपाल २४
भदौ २१,काठमाडौं। बाल्यकालका हरेक स-साना कुरा याद दिलाउने अनि मन छुने शब्द अनि डाइलगहरु समेटेर फिल्म "सफर" ले आफ्नो नयाँ ट्रेलर सार्वजनिक गरेको छ। धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो, स्टिकरकै भए पनि बैक ब्यालेन्स थियो,यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको प्रोमो सार्वजनिक भएको हो ।

तीन जना साथिले बिना योजना गरेको यात्रामा आउने उतारचढावलाई मुख्य कथा बस्तु बनाएर फिल्म निर्माण भएको छ । आशिश श्रेष्ठद्धारा निर्देशित  फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल, नुर्जा श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।युवा फिल्मसको ब्यानरमा बनेको  फिल्मको  निर्माता केशव खडका रहेका छन् ।  सम्पूर्ण छायांकन अमेरीकामा गरिएको फिल्म असोज १४ गतेबाट प्रदर्शनमा आउदै छ । 

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2