Loading...
भदौ २८, काठमाडौं । प्रधानमन्त्रि प्रचण्डको बिहीबारदेखि हुने भारत भ्रमणमा ४२ सदस्य रहेने भएका छन् ।सरकारले ४२ जनाको खर्च बेहोर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । सरकारले प्रचलित विदेश भ्रमण निर्देशिका विपरीत भ्रमण टोली जम्बो बनाएको छ ।
हाल प्रचलनमा रहेको विदेश भ्रमण निर्देशिकामा प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा सरकारी खर्चमा अधिकतम २३ जना सहभागी गराउन सकिने उल्लेख रहेको आजको अन्नपूर्णमा समाचार छ ।
Loading...
प्रधानमन्त्री साथमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशसरण महत, भौतिक योजनामन्त्री रमेश लेखक, विभिन्न दलका सांसद विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारी, पत्रकार र व्यापारीलगायत रहने छन् ।
Loading...


Post a Comment