मोडल बाबुराम बोहोराको निर्देशनमा “खाली हातै आउनुस् भो बरु” सार्वजनिक ( भिडियो सहित )


Loading...

न्यूजनेपाल २४
भदौ २७, पोखरा । तिर्सना म्युजिकको प्रस्तुतिमा दशै गीत “खाली हातै आउनुस् भो बरु” सार्वजनिक भएको छ । गीतमा चर्चित गायक खुमन अधिकारी र बन्दना पाण्डेको सुमधुर स्वर छ । बाबुराम बोहोराको शब्द रहेको गीतमा लय सिर्जना गायक खुमन अधिकारीले गरेका हुन् ।

बिगतका ५ बर्षदेखि थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरी सबैको मन जित्दै आएका चर्चित मोडल,गीतकार एवंम तिर्सना म्युजिकका प्रा.ली.का सञ्चालक बाबुराम बोहोरा यस गीतबाट निर्देशक पनि बनेका छन् । बोहोराले निर्देशन गरेको भिडियो निकै उत्कृष्ट बनेको छ । भिडियोमा बोहोरासँगै अञ्जली अधिकारीले पनि अभिनय गरेकी छिन् ।

दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । गीतलाई न्यूजनेपाल २४ को तर्फबाट सफलताको शुभकामना ।


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2