आजको राशिफल (२०७३ भाद्र ३० गते बिहीबार/२०१६ सेप्टेम्बर १५)




आज वि.सं. २०७३ भाद्र ३० गते बिहीबार तदनुसार ई. सं. २०१६ सेप्टेम्बर १५ तारिख

आजको चाडपर्व र उत्सव : अनन्त चतुर्दशी व्रत, कुमारी इन्द्र जात्रा, स्वाँछाय, लड्कु ढँडार मष्टोपूजा

भाद्रपद शुक्लपक्षको चतुर्दशी तिथि, दिउँसो ०२:२१ बजेसम्म, त्यसपछि  पूर्णिमा  तिथि,
धनिष्ठा नक्षत्र, बिहान ०८:५२ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र,
चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
सुकर्मा योग, बिहान ०६:५० बजेसम्म, त्यसपछि धृति योग,
गर करण, दिउँसो ०३:०० बजेसम्म त्यसपछि वणिज करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४९ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे

आजको राहुकाल, यमघण्ट र गुलिककाल
राहुकाल : दिउँसो ०१:३० देखि ०३:०३ सम्म
यमघण्ट काल : बिहान ०५:४९ देखि ०७:२१ सम्म
गुलिककाल : बिहान ०८:५३ देखि १०:२६ सम्म

आजको बारबेला :
शुभ वारवेला : बिहान ०५:४९ देखि ०७:२१ सम्म, साँझ ०४:३५ देखि ०७:३५ सम्म र मध्यरात्रीपछि ०४:२१ देखि ०५:४९ सम्म
अमृत वारवेला : दिउँसो ०१:३० देखि ०३:०३ सम्म र बेलुका ०७:३५ देखि ०९:०३ सम्म
चर वारवेला : बिहान १०:२६ देखि ११:५८ सम्म र बेलुका ०९:०३ देखि १०:३० सम्म
रोग वारवेला : बिहान ०७:२१ देखि ०८:५३ सम्म र बेलुका १०:३० देखि ११:५८ सम्म
काल वारवेला : दिउँसो ०३:०३ देखि ०४:३५ सम्म र मध्यरात्रीपूर्व ११:५८ देखि ०१:२६ सम्म
लाभ वारवेला : दिउँसो ११:५८ देखि ०१:३० सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०२:५३ सम्म
उद्वेग वारवेला : बिहान ०८:५३ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०२:५३ देखि ०४:२१ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामधन्दा र व्यवसायबाट बेफाइदा, सरकारी वा प्रशासनिक कामधन्दामा मन्दगतिले प्रगति, प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष, सामाजिक सम्मान र साखका लागि प्रयास ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
जग्गाजमिनको कारोबारबाट फाइदा, सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने, दौडधूप गर्नुपर्ने, उपहार प्राप्त हुने, साथीहरूसित मनोरञ्जनको अवसर जुर्ने ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
भाग्यस्थानमा चन्द्रमा, सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न भएमा शान्तिको अनुभूति, प्रतिष्ठा प्राप्तिका लागि संघर्ष, सामाजिक गतिविधिमा संलग्न हुने ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर, अरुले गरेका गल्तीको सजाय भोग्नु पर्ने, अनावश्यक यात्रा हुने, मानसिक खिन्नताले सताउने, भनेको कुराले विपरीत अर्थ दिने ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
दाम्पत्य जीवनमा चिसोपन आउने, फकाउने र फुल्याउने काममा समय खर्च हुने, साझेदारबाट धोका, निराशा र वैराग्यका भावनामा मन मँडारिने, आम्दानीमा कमी आउने ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
साथीभाइ टाढिने, आफन्तको व्यवहार शत्रुतापूर्ण हुने, विवादका कारण तनावको सिर्जना, मुद्दामामिला र अड्डाअदालतको काममा बिलम्ब, प्रतियोगिताबाट निराशा ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण बढ्ने, चिन्तन र उपाय काम लाग्ने, भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्ने, गरेको प्रयासमा सफलता ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
नयाँ काममा हात हाल्नु हानिकारक, शरीरमा आलस्यले डेरा जमाउने, घरायसी समस्यामा समय बित्ने, मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने, कामको चाप बढ्ने ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
सामाजिक काममा समय बित्न, बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम, मनमा वैराग्यको भावना पलाउने, परोपकारको कामबाट रोकिएको काम बन्ने, भाग्यप्र्रति निराशाभाव ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
स्वादिष्ट व्यञ्जन प्राप्त हुने, पारिवारिक खुसी मिल्ने, आर्थिक पक्ष सुदृढ, काममा सफलता, महत्वपूर्ण स्थानमा बोली बिक्ने, स्वास्थ्य सबल, सोच्दै नसोचेको धन प्राप्त हुने ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
खराब र दिक्क लाग्दो समयको समाप्ति, हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित, पारिवारिक रमझमका लागि समय र धनको जोहो, पेसा र व्यवसायबाट लाभ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
प्रतिकूल समय, सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुने, शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च, अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउने ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2