प्रधानमन्त्रीको भारत भ्रमणमा २२ करोड खर्च, फेरिपनि चार्टड हुने भयो हिमालयन इएरलाइन्स


काठमाडौं, २९ भदौ– बिहीवार देखि ३ दिनसम्म हुने प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणको जम्बो टोलीले भ्रमणवापत २२ करोड रुपैयाँ सक्ने भएको छ । सुशासन र पारदर्शिताको कुरा गरे पनि प्रधानमन्त्री दाहालले सरकारी खर्चमा भ्रमण गर्नेको संख्या उल्लेख्य बढाएपछि भ्रमण खर्च बढ्ने देखिएको हो ।

यसअघि कहिल्यै नभएको संख्या १ सय १६ जना दाहालको भ्रमण टोलीमा छन् । दाहालको भ्रमणमा ५० जना सरकारी, ३३ जना उद्योगी ब्यवसायी र ३३ जना पत्रकारको नाम छ । ३३ जना उद्योगी ब्यवसायी बाहेक अन्य सबैको खर्च सरकारले ब्यहोर्ने भएको छ । पत्रकारका लागि आधा खर्च ब्यहोर्ने जनाइए पनि हवाइ टिकट, खाने बस्ने सुविधा सहित हिसाव गर्दा दाहालको तीन दिने भ्रमणमा २० देखि २२ करोड रुपैयाँ खर्च हुने स्रोतले वताएको छ ।

 ‘दैनिक भत्ता, हवाइ भाडा र आधा खर्च ब्यहोर्ने भनि भ्रमणमा सामेल गरिएकाका लागि हुने खर्च सहित २० देखि २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ’ ती अधिकारीले नाम नछाप्ने सर्तमा भने, ‘खर्चको यकिन विवरण भ्रमण सकेपछि मात्रै दिन सकिन्छ ।’ भ्रमणका लागि हिमालय एयरलाइन्सको जहाज चार्टर गरिने भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


Loading...
 हालको सत्ता गठबन्धनमा रहेका दलहरुले यसअघि गत फगुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा जम्बो टोली बनाएको भनी आलोचना गरेका थिए । तर, ओलीले सरकारी, उद्योगी ब्यवसायी र पत्रकार गरी ७७ जनाको टोली लिएर दिल्ली गएका थिए । दाहालको भ्रमण टोलीमा भने १ सय १६ जना छन् । यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ८८ जनाको टोली लिएर दिल्ली भ्रमण गरेका थिए । यसअघि सबै भन्दा ठूलो भ्रमण टोली बनाएको भन्दै आलोचित भएका भट्टराईलाई वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले पछि पार्दै ११६ जनाको भ्रमण टोली बनाएका हुन् ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2