युवा क्रिकेटरद्वय सुनील र आरिफलाई सिप्रदीको साथ

Loading...

२२ भदौ, काठमाडौं । युवा क्रिकेटरद्वय सुनील धमला र मोहम्मद आरिफ शेखलाई व्यपारिक घराना सिप्रदी ट्रेडिङले दुई बर्षका लागि प्रायोजन गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक सम्भुप्रसाद दाहाल र खेलाडीद्वयले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार सुनील र आरिफले सिप्रदीबाट मासिक २० हजार पाउनेछन् । त्यसबापत उनीहरुले सिप्रदीको प्रवर्धनका लागि सहभागी हुनु पर्नेछैन ।
सम्झौता कार्यक्रममा बोल्दै सिप्रदीका निर्देशक दाहालले मासिक २० हजारका अलावा खेलाडीहरुका लागि आवश्यक क्रिकेट किटको व्यवस्थापनि गर्न सकिने जानकारी दिए ।
Loading...
crickter sponcer (1)
प्रायोजन सम्झौतापनि खेलाडीहरुले व्यवसायिक घरानाको साथले क्रिकेटमा लाग्न अझै प्रेरित गरेको प्रतिक्रिया दिए ।
क्रिकेट खेलाडीहरुको साझा संस्था क्रिकेट प्लेयर एशोसिएसन अफ नेपालको पहलमा युवा क्रिकेटरहरुलाई व्यवसायिक प्रतिष्ठानसँग प्रायोजन सम्झौता गरिएको हो । यसअघि तीन खेलाडीले यस्तै खाले प्रायोजन सम्झौता गरिसकेका छन् ।
कार्यक्रममा बोल्दै एशोसियसनका महासचिव तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले खेलाडीहरुले कुनैपनि प्रकारको दवावबिना मैदानमा शतप्रतिशत प्रदर्शन गर्न सकुन् भनेर आफुहरुले युवा खेलाडीलाई प्रायोजनका गरेको प्रस्ताव स्वीकार गर्ने व्यवसायिक प्रतिष्ठानलाई धन्यबाद दिए ।
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2