मध्यरातमा बाढी बस्तीमा छिरेपछि.... (फोटोफिचर)

Loading...

बेसीशहरः लमजुङको बेसीशहरमा वर्षासँगै पुमा खोलामा आएको बाढीले केही घर बगाएको छ। मध्यरातमा पुमाखोलामा आएको बाढी बेसीशहर–१३, चनौटेको बस्तीमा पसेको थियो। बाढीले गर्दा विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्ने मोटरबाटो क्षतविक्षत बनाएको छ।
खोलाआसपासका थुप्रै घरहरु जोखिमा पारेका छन्। वर्षासँगै आएको पहिरोले स्थानीय होमकुमार श्रेष्ठको घर पुरिएको छ। निकै ठूलो मात्रामा आएको भेलले गर्दा स्थानीय विकास श्रेष्ठले सञ्चालन गरेको माछापोखरी पुरिएको छ ।
puma-khola-2
बेसीशहर हुँदै मनाङसम्म पुग्ने दुबै बाटोहरु भिषण बाढीका कारण भत्कँदा मनाङ जाने सबारीसाधनहरु बिहानैदेखि चल्न सकेका छैनन्। मनाङ पुग्नका लागि बेसीशहरको मनाङेचौतारा र क्याम्पसरोड हुँदै जाने दुबै बाटो अबरुद्ध भएको छ। मध्यरातमा उर्लिएको पुमाखोलाले दशैंका लागि जोहो गरेको सामाग्री समेत बगाइदिएपछि स्थानीय दलबहादुर तामाङ निकै चिन्तित छन्।
puma-khola-3
‘दशैंका लागि अघिल्लो दिनमात्र दुई लाख बराबरको सामान जोडेको थिएँ, चनौटेमा किनारा पसल सञ्चालन गर्दै आएका तामाङले अन्नपूर्णसँग भने, ‘दशैं मुखमा यस्तो के विपत्ति आइलाग्यो?’ घर भत्किएपछि उनको परिवार विस्थापित बनेको छ ।
Loading...
puma-khola-4
त्यस्तै स्थानीय पदम गुरुङको पनि बाढीले घर भत्काइदिएको छ । बाढीले स्थानीय दीपक श्रेष्ठको घरमा पनि क्षति पुर्या‍एको छ । गत भदौ २२ गते उर्लिएको पुमाखोलाले दोस्रोपटक पनि उर्लिएपछि स्थानीयको थुप्रै जग्गा कटान गरेको छ। धानखेती लगाएको जग्गा अहिले बगरमा परिणत भएको छ । पुमाखोलाको स्थलगत अबलोकन गरेपछि प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बाढीपीडितलाई तत्कालै राहतको व्यवस्था मिलाउने बताए।
puma-khola-5puma-khola-6



Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2