बाँकी रहेका चार मन्त्रालयमा मन्त्री थप्ने तयारी



Loading...

१८ असोज, काडमाडौं ।  सत्ता गठबन्धन दुई दल कांग्रेस र माओवादी केन्द्रले बाँकी रहेको चार मन्त्रालय बाँडफाँडको तयारी गरेका छन् ।
चारमध्ये एक कांग्रेस र एक माओवादी केन्द्रले लिनेछन् भने बाँकी दुई मन्त्रालय मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका लागि खाली राख्ने तयारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार प्रधानमन्त्री अहिले चार मन्त्रालय आफैँसँग राख्नुभन्दा मन्त्री थप गरेर सरकारलाई पूर्णता दिने पक्षमा रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अहिले प्रधानमन्त्रीसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छ ।
साना दलले मन्त्रीका लागि दौडधुप बढाए पनि प्रधानमन्त्री उनीहरूलाई मन्त्री नबनाउने सोचमा रहेको सचिवालयले जानकारी दिएको छ ।
Source : onlinekhabar

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2