दशैंको टिकट बुकिङ आजबाट फेरि खुल्दै


Loading...


असोज १७ , काठमाडौं ।  यातायात व्यवसायीहरु दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन तयार भएका छन् । आनजबाट फेरि टिकट बुकिङ खुल्नेछ ।सरकारसँग बार्गेनिङ गर्न यातायात व्यवसायीहरुले यो वर्ष नयाँ गाडी थपेका थिएनन् भने असोज ७ गते खुलाइएको बुकिङ पनि केही दिनमा नै सकिएको दाबी गरेका थिए । जसका कारण दशैंमा घर जान चाहने झण्डै ७ लाख मानिस टिकटबिहीन बनेका थिए ।

दशैं सुरुहुँदा पनि व्यवसायीहरु लचिलो नभएपछि सरकारले दशैंमा घर जान चाहनेहरुलाई नेपाली सेना, प्रहरीदेखि स्कुलका बसहरु सञ्चालन गरेर भएपछि गन्त्व्यसम्म लैजाने योजना बनायो । र, छलफल समेत थालेपछि व्यवसायीहरुले अडान छाडेका छन् ।


आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा भोलिदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन व्यवसायीहरु सहमत भएका छन् ।
यातायात व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसामू व्यक्त गरेको मन्त्री रमेश लेखकले बताए । उनले भने, सरल तरिकाले सवारीसाधनको व्यवस्था हुँदैछ, कसैले चिन्ता गर्नुपर्दैन ।’

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भोलिदेखि बसको टिकट बुकिङ खुल्ने अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार यो सहमतिसँगै विद्यालय तथा सुरक्षा निकायको बस चलाउने तयारी तत्कालका स्थगित गरिएको छ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
दशैको निकै मार्मिक भिडियो हेर्नुहोस्
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2