बरालले बनाए अल्पसंख्यक दुरा जातीको सस्कृतिमा आधारीत बृत्तचित्र


Loading...

कार्तिक २६, लमजुङ । अल्पसंख्यक दुरा जातीको सस्कृतिमा आधारीत भएर बनाइएको बृत्तचित्र लोकापर्ण गरीएको छ । ४१ औँ खजे दुरा स्मृति दिवसको अवसरमा चन्द्रेश्वरको च्यानपाटामा बृत्तचित्र लोकार्पण र प्रदर्शन गरीएको हो ।त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत बेसीशहरका रामशरण बरालले तयार पारेको बृत्तचित्र एक विशेष कार्यक्रमका बिच लोकार्पण र प्रर्दशन गरीएको हो । बरालले दुरा लोक संस्कृतिमा १२ मासे घाटु नामक बृत्तचित्र तयार पार्नुभएको थियो ।

बरालले अध्ययनको क्रममा शोधपत्रको लागि बृत्तचित्र तयार गर्नुभएको थियो । बृत्तचित्रमा दुरा जातिको संस्कृतिलाइ समेटिएको छ । लोपोन्मुख दुरा जातीको सस्कृति संरक्षणमा नयाँ पुस्ताले चासो दिएको भन्दै सरोकारवालाहरुले प्रशंसा गरेका छन् । कार्यक्रममा बोल्दै मानवशाष्त्री सुरेश ढकालले हराउदै गएको दुरा लोक संस्कृतीलाइ श्रव्य÷दृष्य माध्यमबाट तयार पारिएको शोधपत्र मानवशाष्त्र बिभागमा नै पहिलो पटक भएको बताउनुभयो । उहाँले अल्पसंख्यक जातीको विषयमा अनुसन्धान गरी उनिहरुको सस्कृति संरक्षणका लागि बृत्तचित्रले ठूलो सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सामुदायिक पुस्तकालय सञ्जालका अध्यक्ष गणेश न्यौपानेले लमजुङको ऐतिहासीक दुराडाँडा क्षेत्रमा रहेका लोपोन्मुख अल्पसंख्यक दुरा जातीको संस्कृतिको उजागर गर्न बृत्तचित्रले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

दुरा सेवा समाजका अध्यक्ष गोकुल प्रसाद दुराले आफुहरुको लोक संस्कृतिलाइ बृत्तचित्र मार्फत बिश्वव्यापीकरण गर्नु जरुरी रहेको भन्दै स्थानिय संस्कृतिलाइ प्रवद्र्धन गर्न सवैले सहयोग गर्न आग्रह गर्नुभयो ।दुरा समुदायका यम वहादुर दुराले बृत्तचित्रले दुरा समुदायको लोक संस्कृती प्रर्वदनमा टेवा पुगेको उल्लेख गर्दै नयाँ पुस्ता संस्कृती जर्गेनामा लागेमा यसलाइ बिश्वव्यापी बनाउन सकिने बिश्वास व्यक्त गर्नुभयो ।



निर्माता वरालले लोपोन्मुख दुरा जातिको बिषयमा अहिलेसम्म श्रव्यदृष्य सामाग्री नभएकाले आफुले अध्ययन गरेर बृत्तचित्र निमार्ण गरेको बताउनुभयो । बृत्तचित्रमा दुरा हरुको कला र संस्कृतिलाइ उजागर गर्ने प्रयास गरीएको छ ।

Loading...
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2