Loading...
कार्तिक २७, पोखरा । गायक मोहन खड्का र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत चोखो माया सार्वजनिक भएको छ । चन्द्र राना मगर र डम्बर चन्द्र बगरको शब्द र राम’ खड्काको लय सिर्जना रहेको गीतले बाध्यताले ज्यान टाढा भएपनि मन र मुटु मााया गर्ने मान्छे प्रति भएको भाव बोकेको छ ।
Loading...
मोडल बिमल अधिकारी र आशा खड्काको उत्कृष्ट अभिनय रहेको गीतको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । भिडियो सुरेश श्रेष्ठको छायांकन र सुजन शाहीको सम्पादनमा तयार पारिएको हो । गीतको बजार ब्यवस्थापन मालती डिजिटल प्रा.ली.ले गरेको छ ।
Loading...
Loading...


Post a Comment