शैलेशको शोकमा पोखरामा प्याराग्लाइडिङका सबै उडान सेवा बन्द


Loading...

२३ कात्तिक, पोखरा ।नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ ।
गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान आज बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताए ।
पोखराको लेकसाइड निवासी पहारीको आज पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ । रासस

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2