एएफसी सोलिडारिटी कप : नेपालबिरुद्ध ब्रुनाई (LIVE) हेर्नुहोस्


काठमाडौँ । एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले आज ब्रुनाइसँग खेल्दैछ ।मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे हुने खेलमा जित निकाले नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
त्यस्तै बराबरी गरे वा ३–० गोलअन्तरले हारेमा उपविजेता बन्नेछ । शनिबार भएको आफ्नो पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको नेपालको सेमिफाइनल सम्भावना बलियो छ ।यसअघि पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको टिमोर लेस्टेको नेपालसँग बराबरी खेलेपछि सेमिफाइल यात्रा केही असहज बनेको थियो । यता ब्रुनाई भने एक खेल खेल्नुअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2