बिमलराज क्षेत्री र रितु थापाकोे लौरी लुकाउनी बजारमा ( भिडियो सहित )


Loading...

बिनोद ढुंगाना

कार्तिक १९, पोखरा । नेपाली लोकदोहोरी क्षेत्रका एक धरोहर गायक बिमलराज क्षेत्री र गायिका रितु थापाको स्वरमा लौरी लुकाउने नामक गीत सार्वजनिक भएको छ । बिष्णु घिमिरेको शब्द रहेको गीतमा गायक क्षेत्रीले नै लय सिर्जना गरेका छन् । गीतलाई प्रशान्ति डिजिटलको युट्युब च्यानल मार्फत आजै सार्वजनिक गरिएको हो ।

गीतको शब्द लौरी लुकाउनी दोहोरी अर्थ लाउने भन्दै टिकाटिप्पणी भएका थिए खासमा यसको अर्थ के हो भन्ने न्यूजनेपाल २४ को प्रश्नमा गायक क्षेत्री भन्छन् - "लौरी लुकाउने धौलागिरी क्षेत्रमा बालुवामा लौरी लुकाएर खेल्ने एक प्रकारको खेल हो तर कुनै ठाउँमा यसले दोहोरो अर्थ लगाउदो रैछ ।" गायक क्षेत्री यस गीतबाट आफु निकै आशावादी रहेको समेत बताएका छन् ।

कुमार के.सी.द्धारा निर्देशित गीतको म्युजिक भिडियोमा नायक यशराज र मोडल करिष्माको नृत्य रहेको छ । भिडियो अजय रेग्मीको छायांकन र अनुप शिवाकोटीको सम्पादनमा तयार पारिएको हो । गीतलाई प्रशान्ति डिजिटलले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्:

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2