गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई" सार्बजनिक (भिडियो सहित)


Loading...


पोखरा । गायक शिव कुमार चौधरीको "भावना" गीति एलवम मार्फत सक्रिय रुपमा गीति लेखन यात्रा सुरु गरेका गीतकार प्रकाश सुवेदीको "मनका कुरा तिमीलाई वताउन पाए" वोलको प्रणय भावको गीत सार्वजनिक भएको छ जसमा संगीत र स्वर विमल पराजुलीको छ भने संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन्।
  
अष्ट्रेलियाका विभिन्न मनोरम स्थलमा छायाङ्कन गरिएको उक्त गीतको भिडियो परिकल्पनाकार चलचित्र निर्देशक सुवर्ण थापा,छायाकककार विनोद केसी,सम्पादक  सुरेश राउत,कलाकारहरु गोविन्द गैरे र एलिशा कटुवाल र निर्देशक गोविन्द गैरे रहेका छन् भने भिडियो निर्माण संयोजन नेपासेल नामक संस्थाले गरेको छ।                                        
 अव केही समयभित्रै ’प्रदीप्त’ गीति एल्वम मार्फत अडियो सिडीको रुपमा आउन लागेको एल्वममा सो गीत सहित आठ  गीत समावेस हुने गीतकार प्रकाश सुवेदीले वताए । अलग अलग गायक र संगीतकार रहेको उक्त एल्वममा लेखन भने गीतकार सुवेदीको एकल रहेको छ ।


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2