Loading...
कार्तिक २७, पोखरा । लगनको महिना मंसिर लाग्न अब केही दिन मात्रै बाँकी रहँदा गायिका सरिता कार्की र मोडल तथा गायक महेन्द्र गौतमको स्वरमा पञ्चेबाजाको गीत "पञ्चेबाजा घुन्न" सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द तथा लय सिर्जना रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।
मोडल एवंम गायक महेन्द्र गौतमको युट्युब च्यानलमार्फत सार्वजनिक गीतले कस्ले भन्यो केटी मान्छे जन्ति जान हुन्न भन्ने प्रसंगलाई उठान गरेको छ ।
चर्चित निर्देशक शंकर बि.सी.को निर्देशनमा तयार पारिएको गीतको भिडियोमा मोडल एवंम गायक गौतमसँगै करिष्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा राजेश घिमिरेको छायांकन र नविन घर्ति मगरको सम्पादन छ ।
Loading...
Loading...


Post a Comment