तनहुँ । नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित एवंम लोकप्रिय गायिका मुना थापालाई अब चलचित्रमा देख्न पाईने छ । मगर फिचर फिल्म खुर्पेटोमा उनलाई देख्न सकिन्छ । हालै उनले अभिनय गरेको उक्त चलचित्र खुर्पेटोको ट्रेलर सार्वजनिक भएको छ ।
मगर समुदायको कथाबस्तुमा तयार पारिएको चलचित्रमा मुनासँगै , सुजन थापा, विना थापा, टिका आले, शोभा आले, सन्जय, राजन थापा, सल्मा, बबिता, विकास, सम्झना, संगिष्ता लगायतका कलाकारहरुको अभिनय रहेको छ।
विकास मगरले निर्देशन गरेको चलचित्रका निर्माता राजेन्द्र आले हुन् । चलचित्रमा भीम राणाको कथा, चित्र मास्कीको कोरियोग्राफी,। राहुल राईको छायांकन, ,मित्र गुरुङको सम्पादन छ ।
Loading...
Loading...


Post a Comment