Loading...
Loading...
तनहुँ । १२ बर्ष मलेसियामा बिताएर नेपाल आई “परिवेश” एल्बमको तयारी गरिरहेका गीतकार केशर माङयुङको नयाँ गीत जसलाई तिमी माया गर्छौ को भिडियो सार्बजनिक भएको छ । नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको पछिल्लो संगीतकार तथा गायक अनुज कुलुङको संगीत र स्वरमा यो गीत एल्बमका रुपमा आउन लागेको हो । अनुजको यो अघि आफ्नै स्वरमा पछ्यौरीले मुख छोप्दै भन्ने गीत अनुरोध एल्बममा डेब्यू गरेपछिको दोश्रो गीत हो ।
केशर माङयुङकै शब्दमा परिवेश एल्बमको लागि झारिसके आँशु मैले, तिमीसँग केहि कुरा, रामनवमी बजार आउनु है माया, आमा बोलको गीतहरु रेकर्ड भै भिडियो पनि तयार भैसकेको गीतकार केशरले बताए । उनी आफु आम मानिसको जीबन भोगाई लाई गीतमा समेट्दै नाम र दामको लागि भन्दा पनि आफ्नो आत्मसन्तुष्टिको लागि गीत संगीत क्षेत्रमा लागेको बताउछन् ।
यो गीतलाई राज चाम्लिङले भिडियो निर्देशन गरेका हुन् भने खगेन्द्र पन्धाक लिम्बुले सम्पादन गरेका हुन् । भिडियोमा गीतकार केशर माङयुङ, युनिशा राई, अभिषेक केरुङ, दीपा योङहाङले मोडलिङ गरेका छन् । यो गीतको निर्मात्री शान्ता योङहाङ हुन् ।
Loading...
Loading...


Post a Comment