संविधान संशोधन विधेयक पारित हुन दिन्नौं: ओली




२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक संसद्बाट पारित गर्न नदिने बताएका छन् ।
‘विधेयकका कुनै पनि बुँदा समर्थन गर्न योग्य छैनन्’ शनिबार राजधानीमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘सबै बुँदामा देशलाई अहित गर्ने कुरा लुकेर बसेका छन् । त्यसैले विधेयकलाई संशोधन गरेर पास गर्ने अवस्था छैन ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले संविधान संशोधन विधेयक राष्ट्रियताको प्रश्नसँग जोडिएर आएकाले संसदमा प्रवेश गर्न नदिएको बताए । ‘विधेयक राष्ट्रियतालाई मजबुत नभई कमजोर बनाउने खालको छ, उनले भने, ‘विधेयक राष्ट्रिय हितका पक्षमा नभएकाले संसदमा प्रवेश नै गर्न नदिएका हौं ।’
आफू नझुकेको हुनाले प्रधानमन्त्रीबाट हट्नुपरेको भन्दै उनले प्रधानमन्त्री हुन प्रचण्डले गरेको कबुलियत संशोधन भएको बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...

निर्वाचन गर्न नसके मुलुक डरलाग्दो अवस्थामा पुग्ने भन्दै उनले सरकारले निर्वाचनको कुरा गरे पनि मिति घोषणा र कानुन बनाउने काम नगरेको बताए । आफूसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन गर्ने सहमति गरे पनि संसदमा स्थानीय तहको विधेयक दर्ता गराएर सरकारले निर्वाचन गर्न नचाहेको स्पष्ट उनले बताए ।
कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्तावले राष्ट्रियतालाई आघात पुर्याउने भएकाले स्वीकार गर्न नसकिएको बताए । अहिलेको प्रदेशको सीमालाई तलमाथि गर्ने हो भने राष्ट्रियताको मूलमर्ममाथि प्रहार हुने उल्लेख गर्दै प्रस्ताव घातक भएको बताए ।
उहाँले प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिले भारत चिढिएको भन्दै भारतलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न अधिकार नभएको उल्लेख गर्रे । उनले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर पार्ने मनसायका साथ विधेयक ल्याएको दाबी गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विधेयक कालान्तरमा नेपाललाई भारतमा मिसाउने छोटो हतियारका रुपमा आएको बताए । उनले पहाड र तराई कुनै हालतमा अलग गर्न नहुने भन्दै मधेसवादी दलहरुले दिल्लीको कुरा गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कार्यपत्र प्रस्तुत गर्दै संशोधन प्रस्तावले नेपालको राष्ट्रियतामाथि गम्भीर, जटिल र विकराल प्रश्न उठाएको बताए । संविधान संशोधन प्रस्ताव तराईलाई नेपालबाट स्वतन्त्र गराई भारतमा गाभ्न र नेपाललाई दोस्रो सिक्किम बनाउन ल्याइएको उनको दाबी छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2