लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीद्धारा बिद्यालयलाई सेतोपाटी हस्तानतरण

Loading...

Loading...



बिनोद ढुंगाना
मंसिर २०, दुलेगौडा ।लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीले विद्यालयलाई सेतोपाटी हस्तान्तरण गरेको छ ।  अन्तराष्ट्रिय लियो दिवसको अवसर पारि क्लबले आज शुक्लागण्डकी नगरपलिका १३ साउनेडाँडामा रहेको श्री बाराही प्रा.बी लाई क्लबले सेतोपाटी हस्तानतरण गरेको हो । 
क्लबले तीन वटा बिकासका लागी साझेदारी तनहुँ र नयाँ अभियान कृषि शहकारी संस्थाले एक एक वटा गरि ५ वटा सेतापाटी हस्तानतरण गरिएको हो ।  
प्रमुख अतिथि दोरफिर्दी गा.बि.स.का पुर्व अध्यक्ष एवंम  समाजसेवी श्यामराजा महतले  विद्यालयकी प्रधानध्यापक सिता भट्टराईलाई सेतोपाटी प्रदान  गर्नुभएको थियो । 
कार्यक्रममा बोल्दै महतले अहिले  सेतोपाटी वितरण गरेकोे क्लबले आगामी दिनमा भवन  वितरण गर्न सक्ने बताउँदै हरेक काम सिस्टमबाट गर्नुपर्नेमा उहाँको  जोड थियो ।
विद्यालयकी प्रधानध्यापक सिता भट्टराईले विद्यालयले सेतोपाटी किन्न सक्ने अवस्था नभएको र  लियोले गरेको सेतोपाटी सहयोग प्रति आभार प्रकट गर्नुभयो । 
विद्यालय व्यबस्थापन समितीका अध्यक्ष गोकुल भट्टराईले हालसम्म विद्यालयलाई कुनै पनि संस्थाले सहयोग नगरेको भन्दै लियोको सहयोग प्रति धन्यवाद दिनुका साथै  आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो । 
लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीका अध्यक्ष विपिन वाग्लले भन्नुभयो – “आफुहरुले हस्तानतरण गरेको सेतोपाटीको अधिकतम प्रयोग होस ।” उहाँले आफुहरुको संस्था सकारात्मक सोच हुनेहरुको संस्था भएको दाबी गर्नुभयो ।  
बि.स. २०१९ सालमा स्थापित सो  विद्यालयमा हाल २३ जना विद्यार्थी  अध्ययन गर्दै आईरहेका छन् । 

लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीका अध्यक्ष वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव अशोक थापाले गर्नुभएको थियो । 






Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2