Loading...
तनहुँ । तनहुँका चर्चित हास्य कलाकार सुरज भिरखोईरे र लालबहादुर एस.के.को व्यंग्यात्मक झटारो लेकदोहोरी गीत "दाई भनेर मरि" बजार आएको छ । गीतमा धेरैजसो केटीहरुले केटाहरुलाई दाई भनेर सम्बोधन गर्ने र केटाहरुको मन चस्सक चस्कने भावलाई प्रस्तुत गरिएको छ ।
राम्जी खाँण र कुशुम क्षेत्रीको स्वरमा रहेको गीतको शब्द सिर्जना सुरज भिरखोईरेले गरेका हुन् भने लय सिर्जना एकनारायण भण्डारीको छ । गीत युट्युबबाट सार्वजनिक भएको २ दिन नपुग्दै ३० हजार बढीले हेरिसकेका छन् ।
शंकर बि.सि.द्धारा निर्देशित गीतको भिडियोमा सुरज भिरखोईरे, राम्जी खाँण , अञ्जली अधिकारी र लालबहादुर एस.के.को अभिनय छ । भिडियोेलाई राजेश घिमिरेले खिचेका हुने भनि नविन घर्ति मगरले सम्पानदन गरेका हुन् ।
भिरखोईरेको शब्द सिर्जनामा यसअघि बजारमा आएको गीत मेची र कोशी बनायौ , किक्रेट जस्तो पिरतीले निकै चर्चा पाएको थियो । । गीतलाई न्यूजनेपाल २४ को तर्फबाट सफलताको शुभकामना ।
Loading...
Loading...
Loading...


Post a Comment