जान्नुहोस् आमिरको ‘दंगल’ले पहिलो दिन कति कमायो ?


भारतमा नोटवन्दीका कारण चलचित्रले कमजोर व्यापार गरिरहेका छन् । नोभेम्बरदेखि रिलिज भएका चलचित्रमध्ये ‘डीअर जिन्दगी’ बाहेक अरु सबै चलचित्र असफल भए । यसैले, पनि शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘दंगल’को व्यापारलाई लिएर धेरैको ध्यान खिचिएको थियो ।
भारतका ४२ सय हलमा रिलिज भएको यो चलचित्रले पहिलो दिन राम्रो कमाई गरेको छ । यो चलचित्रले पहिलो दिन २९.७८ करोडको कारोवार ग¥यो । यो बर्ष रिलिज भएका चलचित्रमध्ये ‘दंगल’को ओपनिङ दोश्रो हो । सलमान खानको ‘सुल्तान’ले यो बर्ष सबैभन्दा धेरै ओपनिङ कारोबार गरेको थियो ।
२ बर्षपछि आमिर खान पर्दामा आएकाले पनि दर्शकका लागि यो चलचित्र प्रतिक्षामा छ । दर्शकले यो चलचित्रलाई खुबै रुचाएका छन् । यसैले शनिबार र आइतबारको व्यापार अझ सुखद हुने देखिएको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2