खैरेनीटार बजारमा सिसी क्यामेरा जडान


पुस १०, खैरेनीटार । तनहुँको खैरेनीटार बजारमा  सिसी क्यामेरा जडान गरिएको छ । तनहुँ उधोग वाणिज्य संघ खैरेनीटार बजार इकाईद्धारा खैरेनीटारमा बर्षेनी सञ्चालन गर्दै आएको महोत्सवको आम्दानीबाट हाल ३ ठाउँमा क्यामेरा जडान गरेको र तत्कालै ५ ठाउँमा  जडान गरिने जनाईएको छ  ।  ८ ठाउँमा क्यामेरा जडानका लागी करिब  २ लाख ५० हजार रुपैयाँ लागेको छ । हाल जडित क्यामेराको कन्ट्रोल बजार इकाईको कार्यलयबाटै हुदैँ आईरहेको छ । 

खैरेनीटार बजारको सुरक्षालाई विशेष ख्याल गरी क्यामेरा जडान गरिएको खैरेनीटार बजार इकाईका पुर्वअध्यक्ष एवंम कपडा फेन्सी तथा कस्मेटिक व्यबसायिक संघ खैरेनीटारका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जानकारी दिनुभयो । 

 यसअघि इकाईले बजारमा सोलार बत्ती जडानका लागी समेत २ लाख २५ हजार खर्चेको थियो । साथै बजार व्यबस्थापनका लागी पनि सहयोग गर्दै आएको छ । 

यो बर्षको नबौँ खैरेनीटार महोत्सव आगामी चैत्र २१ गतेबाट बैशाख ३ गतेसम्म खैरेनीटारमा हुदैँछ ।  


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2