अमेरिकी चुनाव हृयाकिङमा पुटिन संलग्न ! रुसले भन्यो-बकवास


अमेरिकी राष्ट्रपतिको निर्वाचनको हृयाकिङ अपरेसनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष संग्लग्नता रहेको हृवाइट हाउसले बताएको छ ।
राष्ट्रपति बाराक ओबामाका सल्लाहकार बेन रोड्सका अनुसार सरकारी कामहरुबारे पुटिन पूर्ण जानकार रहनुले हृयाकिङमा उनको संग्लग्नताको पुष्टि हुन्छ । हृवाइट हाउसका पैस सचिव जोस अर्नेष्टले पनि पुटिन हृयाकिङ प्रकरणमा प्रत्यक्ष जोडिएको दावी गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको चुनावका क्रममा रुसलाई यो आरोप लाग्ने गरेको थियो कि रुस रिपब्लिकन पार्टीका निर्वाचित उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन चाहन्थ्यो र यसलाई प्रभावित बनाउनका लागि पुटिनले हृयाकरहरुको सहयोग लिएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...

रुसले भने सबै आरोपहरुको खण्डन गरेको छ ।
ओबामाका सल्लाहकार रोड्सले भने, ‘हामीलाई थाहा छ कि रुसमा कामकारबाही कसरी चल्छ र त्यसमा पुटिनको हस्तक्षेप कतिको हुन्छ ।’
तर, रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोवले समाचार एजेन्सी एपीसँग कुरा गर्दै हृयाकिङमा रुसी राष्ट्रपतिको संग्लग्नता ‘हसाउने बकवास’ भएको टिप्पणी गरेका छन् ।
निर्वाचनमा पराजित भएपछि अमेरिकाको डेमोक्रेटिक पार्टीले झुटा लान्छाना लगाउँदै रिपब्लिकनबिरुद्ध प्रहार गर्ने नीति अपनाउन थालेको आरोप लाग्नथालेको छ ।
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2