धादिङको भूमेस्थानमा जीप दुर्घटना, तीनको मृत्यु


१ पुस, धादिङ । लमजुङबाट काठमाडौं जाँदै गरेको स्कारपियो जीप पृथ्वी राजमार्ग अन्तर्गत धादिङ भूमेस्थान ६ कोइराले डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान करीव ६ बजे महादेववेसी नजिकै कोइराले डाँडामा ग २ च ४५७२ नम्बरको स्कारपियो जीप सडकबाट करीव १०० मिटर खसेको जिल्ला ट्राफिक कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा जीवमा सबार सबै चालकसहित दुई पुरुष र एक महिलाको मृत्यु भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...

मृत्यु हुनेमा चालक लमजुङ गाउँशहर ६ का २५ बर्षीय माधव धिताल र लमजुङ चण्डीस्थान ७ का ३१ बर्षीय बिष्णु बहादुर राउतको सनाखत भएको छ ।
मृत्यु हुने एक महिलाको पहिचान नखुलेको ट्राफिक कार्यालय धादिङले जनाएको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2