पेट्रोल बोक्ने ट्यांकर त्रिशुलीमा खस्यो, चालकसहित ट्यांकर बेपत्ता


५ माघ, चितवन । त्रिशुली नदीमा ट्यांकर खस्दा चालकसहित ट्यांकर बेपत्ता भएको छ ।
काठमाडौँबाट बाराका लागि हिँडेको रित्तो पेट्रोल ट्यांकर मंगलबार राति साडे ११ बजे मुग्लिन-नारायणगढ सडक खण्डको चण्डिभञ्याङ्ग, ५ कालिखोलानबाट त्रिशुली नदीमा खसेको थियो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस

Loading...

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाका अनुसार बेपत्ता भएका चालक बारा अम्लेगञ्जका उमेश तामाङ हुन् । ट्यांकरका सहचालक प्रदिप लामालाई चितवन प्रहरीले उद्दार गरेको छ ।
लामाको दुवै खुट्टा भँचिएकोले भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता चालक र ट्यांकरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2