कार्यकर्ता रिहाईको माग गर्दै १ दिने शैक्षिक हड्ताल


काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्चले अयोग्य फैसला गरेपछि विप्लव माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तीकारीले आइतवार साँझ देशव्यापी प्रदर्शन गर्यो ।
पूर्व मेची देखी पश्चिम महाकाली सम्मका प्रदर्शनहरुमा अखिल क्रान्तीकारीले लोकमानमाथि कालोमोसो दलेको र माउ पार्टीले दुई वर्ष देखि उनी विरुद्ध आवाज उठाउदै आएको कुरा पुष्टी भएको खुशीयाली स्वरुप प्रदर्शन गरिएको अध्यक्ष पूर्णबहादुर सिंहले बताए ।
साथै उनले लोकमान माथि कालोमोसो दल्ने कार्यकर्तालाई रिहाइको माग सहित भोली एक दिने आम शैक्षिक हड्तालको घोषणा गरिएको जानकारी दिए ।
आखिर अखिल क्रान्तीकारीले अनैतिक र अयोग्य व्यक्ति समाजमा वेलगाम साँढे जस्तो भएर सवैतिर प्रभाव जमाउन खोज्दा त्यस्ता व्यक्तिलाई सामाजिक वहिष्कारको वातावरण वनाउन कालोमोसो दल्यो, जुन कुरा सहि थियो भन्ने सर्वोच्चको फैसलाले समेत देखायो अव उनीहरुलाई विनासर्त, यथाशिघ्र रिहा गरिनुपर्छ अध्यक्ष सिंहले भने ।
उनका अनुसार पहिलो चरणको संघर्षको कार्यक्रम अन्तरगत भोलीको शैक्षिक हड्ताल हो ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2