कृष्णको "प्रदेशको पिडा"ले स्रोता दर्शकको माया बटुल्दै

Loading...

Loading...




पदम थापा मगर
पोखरा।परदेशमा जाने र अर्कोको गुलामी भै काम गर्नु पर्ने हामी नेपालीहरुको बाध्यता हो विवश्ता हो । धन कमाएर नेपाल फर्के पछि सुखी जीवन बिताउला भन्ने सोच प्रत्येक परदेशीएका नेपालीहरुको हुन्छ । केहि साथीहरूले परदेशमा गएर नेपालमा घर व्यवहार रामै संग चलाई राख्नु भाछ भने कति साथीहरूको घरबार बिचल्ली भएको पनि हामी देख्न सक्छौ ।

जब श्रीमान आफ्नो श्रीमती र घरपरिवारलाई सुख दिने हेतुले परदेश छिरेको हुन्छ तेहि बेला यता श्रीमती भने छोराछोरीलाई घरैमा छोडेर पराई संग भागी दिंदा त्यो श्रीमानलाई त्यहाँ भन्दा पिडा अरु के हुना सक्छ रु यस्तै यस्तै भावमा समेटेर बनाईएको गीत हो परदेशीको पिडा

तिम्रो पाइला मोडियो पराईमा
छोरा छोरी छोडेर घरैमा 
अझै माया मनमा सांच्याछु 
अर्कै संग गयौ हात समाउदै
म त रुदै रुदै बांच्याछु ।

पोखरामै रहेर पनि पछिल्लो समयमा आफुलाई बहुप्रतिभावान कलाकारको रुपमा चिनाउन सफल गायक,सर्जक तथा म्युजिक निर्देशक कृष्ण सुवेदी र सावित्री जो.सी को सुमधुर आवाजमा उत्कृष्ट लोक दोहोरी गीत ूपरदेशीको पिडाू बजारमा आएको छ ।

आफ्नै जिवनमा आधारित कृष्ण ढुंगानाको कोसेली र आशिष म्युजिक प्रा।लि को प्रस्तुतिमा रहेको यस गीतको शब्द सृजना कृष्ण ढुंगानाले गरेका छन भने लय कृष्ण सुवेदीले बनाएका हुन । कृष्ण सुवेदी आफै निर्देशन गरेको यस गीतमा सुवेदी संयम आफै र पवित्रा अनि नविनलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ 

एकता फिल्मस प्रा.लि को दृश्य निर्माणमा बनेको यो भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन ।
Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2